Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर किन्दा फाइदा कि बेफाइदा ? हेर्नुहोस, एक विश्लेषण

मंगलबार, १९ मंसिर २०७४, ०७ : ५९ मा प्रकाशित

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर किन्दा फाइदा कि बेफाइदा ? हेर्नुहोस, एक विश्लेषण

प्रमुख गतिविधि
लघुवित्तको मङ्सिर १५ गते शुक्रवार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त अवसरमा लघुवित्तले ट्याब्लेट बैङ्किङ कारोबारको समेत शुरुआत गरेको छ ।

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, १९ मङ्सिर २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ८८ लाख ५४ हजार पुगेको छ । गत आवको सोही अवधिको तुलनामा यो करीब ७ प्रतिशत कम हो ।

  • पूँजी वृद्धि गरेसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन भएको देखिन्छ । गत आवको पहिलो त्रैमासमा ४३ रुपैयाँ ९४ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्षको सोही अवधिमा कमी आएर २५ रुपैयाँ १४ कायम भएको छ ।

  • कम्पनीले आफ्नो जगेडा कोषमा रहेको सञ्चित रकमको आकार समीक्षा अवधिमा १७४ प्रतिशत वृद्धि गर्दै ८ करोड ५० लाख पुर्‍याएको छ ।  

  • सापटी रकम ६५ प्रतिशत वृद्धि भएर १ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८६ प्रतिशत वृद्धि भएर १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीले ४६ करोड ३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । निक्षेप सङ्कलन ९७ प्रतिशत वृद्धि गर्न सफल भएको देखिन्छ ।

  • खुद ब्याज आम्दानी ३५ प्रतिशत वृद्धि भएको छ । खुद ब्याज आम्दानीबापत ४ करोड १९ लाख कमाउन कम्पनी सफल भएको छ, जसमा ६७ लाख ६८ हजार रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट रकम फिर्ता गरेको छैन ।

  • कम्पनीको निष्क्रिय कर्जा केही मात्रामा वृद्धि भएर १ दशमलव ३८ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीले निष्क्रिय कर्जाका लागि १३१ दशमलव ९९ प्रतिशत रकम प्रोभिजन गरेको छ ।

  • कम्पनीको पूँजी कोष लागत वृद्धि भएको छ । ५ दशमलव ३६ प्रतिशत रहेको पूँजी कोष लागत वृद्धि भएर ९ दशमलव ९८ प्रतिशत पुगेको छ ।

  • कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १६० दशमलव ४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १११ दशमलव ३७ गुणा र तरलता अनुपात १७ दशमलव २२ प्रतिशत छ ।

निष्कर्ष
समीक्षा अवधिमा लघुवित्तले पूँजी वृद्धि गरेसँगै सापटी, कर्जा, निक्षेप वृद्धि गर्दै खुद ब्याज आम्दानी वृद्धि गर्न सक्नु लघुवित्तको सबल पक्षको रूपमा रहेको छ । तर, सोही अवधिमा लघुवित्तको ब्याज खर्चसँगै अन्य सञ्चालन खर्च र प्रोभिजनको रकम गत आवको पहिलो त्रैमासको भन्दा धेरै हुँदा कम्पनीले खुद मुनाफा वृद्धि गर्न सकेको छैन । यस कारण प्रतिशेयर आम्दानीमा कमी आउनु उसको नकारात्मक पक्षको रूपमा रहेको छ ।

प्राविधिक विश्लेषण : बढ्दो प्रवृत्तिमा एनएमबी माइक्रोफाइनान्स

प्रतिरोध २ : २२४० । प्रतिरोध १ : २०८० । अन्तिम कारोबार मूल्य : २०१५ । टेवा १ : १७३० । टेवा २ : १६००

बजारको अवस्था
३ हप्तायता एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको छ । केही हप्ताअगाडि यस कम्पनीको शेयरमूल्यले १ हजार ७ सय रुपैयाँसम्मको बिन्दु परीक्षण गरे पनि त्यसपछि भने लगातार बढ्दो प्रवृत्तिमा रहेको थियो । सोमवार पनि यस कम्पनीको सेयर मूल्य बढेको छ । सोमवार कम्पनीको सेयर मूल्य १६ रुपैयाँ अर्थात् शून्य दशमलव ८० प्रतिशत बढेर २ हजार १५ रुपैयाँमा बन्द भएको छ भने ३ सय ४६ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज
६ दिने र २१ दिने मुभिङ एभरेजअनुसार यस कम्पनीको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको छ ।

एडीएक्स
एडीएक्स सूचकअनुसार यस कम्पनीको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको छ ।

एटीआर
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव बढेको बुझाउँछ ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस कम्पनीको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले आगामी दिनहरूमा यस कम्पनीको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहने सम्भावना उच्च रहेको सङ्केत गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको