Like us!
Follow us!
Connect us!
Watch us!

महोत्तरीको मटिहानीमा भीषण आगलागी, ७० घर जले

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १७ : ४२ मा प्रकाशित

महोत्तरीको मटिहानीमा भीषण आगलागी, ७० घर जले

महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा ७० बढी घर जलेका छन् ।

मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछीमा आगलागी भएको हो । बुधबार दिउँसो १ बजे लागेको आगो हावा चलेका कारण तीव्र गतिमा फैलिएको थियो । अहिले पनि उक्त आगलागी नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणमा लिन मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका,जनकपुर उप-महानगरपालिका,क्षीरेश्वरनाथ नगरपालिका, गौशाला नगरपालिका प्रदेश प्रहरी कार्यालय मधेस प्रदेश लगायतका बारुणयन्त्र परिचालन गरिएको छ ।

यसैगरी बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेडक्रस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु आगो नियन्त्रणमा लिन प्रयत्नरत रहेको जनाइएको छ । आगलागीबाट पशुचौपायाको ठूलो क्षति भएको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको