Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको नाफा करिब दोब्बरले बढ्यो, खराब कर्जामा उल्लेख्य गिरावट

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, ०८ : १८ मा प्रकाशित

सपोर्ट लघुवित्तको नाफा करिब दोब्बरले बढ्यो, खराब कर्जामा उल्लेख्य गिरावट

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अन्य सञ्चालन आम्दानीमा उच्च वृद्धि हुँदा कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा एक करोड २३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ९५ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ९१ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४ करोड ५२ लाख रहेको थियो । यो करिब ८.७८ प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १ करोड ३३ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६० लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १२१ प्रतिशतले बढेको हो ।

खराब कर्जा अनुपात

अघिल्लो वर्ष ३.२५ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष घटेर १.४७ प्रतिशत  पुगेको छ।

लस प्रोभिजन

तेस्रो त्रैमासिकसम्ममा लघुवित्तले लस प्रोभिजन बापत् कुल १० लाख रुपैयाँ छुट्ट्याएको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८ लाख ४७ हजार रुपैयाँ सम्भावित घाटाका लागि छुट्ट्याएको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा १ करोड २३ लाख ४० हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

१७.२८ रुपैयाँ

मूल्य आम्दानी अनुपात

७७.९७ गुणा (अन्तिम मूल्य १३४७ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१६० रुपैयाँ ८० पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको