Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय खर्च उच्च हुँदा न्यादी हाइड्रो १५ करोड घाटामा

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, १० : ३४ मा प्रकाशित

वित्तीय खर्च उच्च हुँदा न्यादी हाइड्रो १५ करोड घाटामा

न्यादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय खर्च उच्च हुँदा कम्पनीले १५ करोड घाटा व्यहोरेको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद घाटामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा १५ करोड ११ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब ४.९ प्रतिशतले घटेको हो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ४३ करोड ५ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४३ करोड ४९ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १४ करोड ३५ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा २० करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १९ करोड ७ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १० प्रतिशतले बढेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् १ करोड १६ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ११ करोड ५९ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा १५ करोड ११ लाख ८० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

(१३.४४) रुपैयाँ

मूल्य आम्दानी अनुपात

-२२.५५ गुणा (अन्तिम मूल्य ३०३ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

६७ रुपैयाँ ५ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको