Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनलगायत देशलाई ९५ बिलियन डलरको प्याकेज दिँदै अमेरिका, आफ्नै हतियार बेच्न २३ बिलियन डलर सहयोग !

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १० : ४९ मा प्रकाशित

युक्रेनलगायत देशलाई ९५ बिलियन डलरको प्याकेज दिँदै अमेरिका, आफ्नै हतियार बेच्न २३ बिलियन डलर सहयोग !

अमेरिकाको संसदले युक्रेन, इजरायल र ताइवानलाई ९५ बिलियन डलरको प्याकेज प्रदान गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अमेरिकी सदनका ३११ सांसदले प्याकेजलाइ समर्थन गर्दा विपक्षी रिपब्लिक ११२ सांसदले प्याकेजको विरोध गरेका थिए । १०१ रिपब्लिक सांसद तथा सत्तारुढ डेमोक्र्याट सांसदहरुले प्याकेजको समर्थनमा भोट गरेका थिए । अब आउँदो साता डेमोक्र्याट कै बाहुल्य रहेको सिनेटमा पेश भई राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षर भएपछि प्याकेज पारित हुनेछ ।

अमेरिकाले द्वन्दग्रस्त युक्रेनलाई ६०.८४ बिलियन डलरको प्याकेज पेश गरेको छ जसमा २३ बिलियन डलर अमेरिकी हतियार खरिद गर्नका लागि प्रयोग हुनेछ । यसैगरी इजरायललाई २६ बिलियनको सहायता प्याकेज उपलब्ध गराइनेछ । पछिल्लो इरान हमलाका कारण इजरायलले आर्थिक रुपमा ठूलो नोक्सानी बेहोरेको जनाइएको छ । यसैगरी इन्डो प्यासेफिक क्षेत्रमा ताइवान लगायतलाई ८.१२ बिलियनको सहयोग तथा मानवीय आवश्यकताका लागि ९.१ बिलियन डलरको सहायता पनि प्याकेजमा समावेश गरिएको छ ।

अमेरिकी संसदले सहयोग स्वीकृत गरेसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले धन्यवाद दिएका छन् । अमेरिकी सांसदले इतिहासलाई सही ट्र्याकमा ल्याउने कदम चालेको जेलेन्स्कीको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको