Like us!
Follow us!
Connect us!
Watch us!

भेट्टाएको नागरिकताबाट ६० लाख ठगी, १६ वटा बैंकमा खाता

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १६ : ५७ मा प्रकाशित

भेट्टाएको नागरिकताबाट ६० लाख ठगी, १६ वटा बैंकमा खाता

भेट्टाएको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।

उनीहरुबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १ थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ ।

यो समूहले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्ने र पार्सल तथा डलरहरु आएको छ भन्दै विश्वास दिलाएर भन्सार चार्ज भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोप लागेको छ । सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता भेट्टाएपछी उक्त नागरिकताको फोटो उप्काएर सन्जुले आफ्नो फोटो टाँस गरिन् । र सोही नागरिकताको आधारमा उनले विभिन्न बैंकहरुमा १६ वटा खाता खोलिन् ।

त्यसपछि ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी काउन्सेलिङ गर्दै पार्सल पठाएको, चिट्ठा परेको, डलर पठाएको जस्ता प्रलोभन पारी ठगी गरेको खुलेको छ । सन्जुले पीडितहरुले भने आफू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कुरियर सिनियर अधिकृत रहेको भन्दै परिचय दिने गरेकी थिइन् । सन्जुले रश्मीको मात्रै नभएर अरुको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

सन्जुका श्रीमान निश्चलले पनि भारतीय आधार कार्ड समेत लिएको खुलेको छ । हालसम्म श्रीमान–श्रीमती मिलेर ६० लाख ५५ हजार ठगी गरिसकेको खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको