Like us!
Follow us!
Connect us!
Watch us!

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, १७ : ५२ मा प्रकाशित

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने आश्वासन देखाएर चार जनाको २७ लाख २५ हजार ठगी गर्ने ४२ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरी पक्राउ गरेको हो । काठमाडौं महानगर-३ वसुन्धरा बस्दै आएका अधिकारीलाई प्रहरीले सोमबार करिब २ बजे वसुन्धराबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अधिकारीले राप्ती प्लेसमेन्ट म्यानपावर सञ्चालन गर्दै आएका थिए । उनलाई थप अनुसन्धान तथा  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको