Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय दूतावासद्वारा कास्कीका तीन विद्यालयलाई स्कुल बस सहयोग

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, ११ : ०९ मा प्रकाशित

भारतीय दूतावासद्वारा कास्कीका तीन विद्यालयलाई स्कुल बस सहयोग

नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दूतावासले कास्कीका तीन विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । 

सहयोग प्राप्त गर्नेमा पोखरा महानगरपालिका वडा नं.२६ का दुई वटा विद्यालयहरू परेका छन् । वडा अध्यक्ष नरेन थापाका अनुसार श्री भवानी कालिका माध्यमिक विद्यालय विजयपुर र लक्ष्मी माध्यमिक विद्यालय अघौँलाई २ वटा स्कुल बसहरू प्राप्त भएका हुन् । वडा अध्यक्ष थापाको विशेष पहलमा प्राप्त ती बसहरू आइतबार राति पोखरा आइपुगेको जनाइएको छ ।

विद्यालय बसहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधार र शिक्षा प्रति विद्यार्थीहरूको आकर्षण अभिवृद्धि गर्ने वडा अध्यक्ष थापाको विश्वास छ । उपहार स्वरूप प्राप्त ती बसहरू उपलब्ध गराएका दूतावास र सहयोगी सबैलाई अध्यक्ष थापाले आभार व्यक्त गरे । 

यसैबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाको एक विद्यालयलाई पनि दूतावासले एउटा बस उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको