Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, १३ : २३ मा प्रकाशित

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फिर्ता भएका छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेका उनी भ्रमण सकेर शुक्रबार दिउँसो भारत फिर्ता भएका हुन् । नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुने नेपाल आएका जयशंकरले हिजोको बैठकमा भारतीय डेलिगेसनको नेतृत्व गरेका थिए । बैठकमा दुई देशबीच कनेक्टिभिटी, पूर्वाधार विकास, आर्थिक साझेदारी, व्यापार, ट्रान्जिट, लगानी, उर्जा, जलस्रोत, संस्कृति, पर्यटन, खेलकुद तथा स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने बारे छलफल भएको जनाइएको छ ।

यसैगरी भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन रुपमा १० हजार मेगावाट बिजुली किनबेचका लागि सम्झौतामा हस्ताक्षर भएको छ भने विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्र मन्त्री एनपी साउदले १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन पनि गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको