Like us!
Follow us!
Connect us!
Watch us!

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १६ : ०४ मा प्रकाशित

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

मन्त्रिपरिषदको बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले थप तीन निर्णय पनि गरेको छ । बैठकले वैशाख २ गते आइतबार रातिबाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी रिक्त राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।

बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको