Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीपरिषद्को बैठकले गर्यो विश्व बैंक, जर्मनी, साउदी अरब र भारतको अनुदान र ऋण सहायता स्वीकार गर्ने निर्णय

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, १७ : ५३ मा प्रकाशित

मन्त्रीपरिषद्को बैठकले गर्यो विश्व बैंक, जर्मनी, साउदी अरब र भारतको अनुदान र ऋण सहायता स्वीकार गर्ने निर्णय

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  विश्व बैंक, जर्मनी, साउदी अरब र भारतको अनुदान र ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित एक सय मिलियन अमेरिकी डलर ऋणसम्बन्धी सम्झौताको दस्ताबेजलाई अन्तिम रूपमा दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने लगायतका बैठकको निर्णय सार्वजनिक गरेकी हुन् । यसैगरी जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने र उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले साउदी अरब सरकारले दिने २ मिलियन अमेरिका डलर बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उक्त अनुदान पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउन खर्च हुनेछ । यसैगरी हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट सञ्चालनका लागि भारतले दिने अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको