Like us!
Follow us!
Connect us!
Watch us!

आठ वर्षे बालक पुगे सगरमाथा बेस क्याम्पमा, १० वर्षमा चुचुरो चुम्ने लक्ष्य

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ०९ : १७ मा प्रकाशित

आठ वर्षे बालक पुगे सगरमाथा बेस क्याम्पमा, १० वर्षमा चुचुरो चुम्ने लक्ष्य

नौ दिनसम्म ट्रेक गर्दै आठ वर्षे बालक सगरमाथा बेस क्याम्प पुगेका छन् ।

बेलायतका फ्राङ्की म्याकमिलन नाम गरेका ती बालक आफ्नो आमासँग एभरेस्ट बेस क्याम्पसम्म पुगेका हुन् । उनले अघिल्लो वर्ष ग्रीसको माउन्ट ओलम्पस सफल आरोहण गरि उक्त हिमाल चढ्ने सबैभन्दा कान्छा बृटिस आरोही बनेका थिए । उनले १० वर्षको उमेरमा सगरमाथा शिखर चुम्ने लक्ष्यमा साथ अहिले बेसक्याम्पसम्म 'वार्म अप' गरेको बताएका छन् ।

मङ्गलबार बेसक्याम्प पुगेका फ्राङ्कीका आमाछोरा अहिले फर्कने क्रममा रहेका छन् । एभरेस्ट बेस क्याम्प ५३६४ मिटरको उचाईमा अवस्थित रहेको छ । यात्रा बारे सुनाउँदै फ्राङ्कीको आमा बासिया म्याकमिलनले ट्रेक अविस्मरणीय बनेको बताएकी छिन् । माउन्टेन गाइड रहेकी म्याकमिलनले छोरालाई सानो उमेरदेखि नै साथै यात्रा गराउँदै आएको पनि बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको