Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षको अवसरमा पोखरामा "नव वर्ष महोत्सव"

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १३ : ३८ मा प्रकाशित

नयाँ वर्षको अवसरमा पोखरामा "नव वर्ष महोत्सव"

नयाँ वर्ष २०८१ को शुरुवातको सुखद अवसरमा देशको पर्यटनको राजधानी पोखरामा नव वर्ष महोत्सव आयोजना हुने भएको छ ।

होटेल एसोसिएसन नेपाल (हान) को आयोजनामा यही चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औं संस्करणको "फेवा नव वर्ष महोत्सव -२०८१" हुन लागेको हो । पोखराको ड्यामसाइड देखि हल्लनचोक सम्मको सडकमा महोत्सवको आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ । सम्पूर्ण महोत्सव स्थलमा निशुल्क प्रवेश रहेको पनि आयोजकको भनाई छ ।

महोत्सवको प्रबर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ भने मुख्य प्रायोजकमा टुबोर्ग रहेको छ । महोत्सवमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको आयोजकले जनाएको छ । पोखरामा अङ्ग्रेजी नयाँ वर्षमा पनि महोत्सवको आयोजना हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको