Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको हकप्रद सेयर २२ गतेदेखि बजारमा , बन्द कहिले ?

विहीबार, ०७ मंसिर २०७४, ०८ : ४८ मा प्रकाशित

सिभिल बैंकको हकप्रद सेयर २२ गतेदेखि बजारमा , बन्द कहिले ?

अर्थ संसार, काठमाडौं–  सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर  मंसिर २२ गते निष्काशन गर्ने भएको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बैंकले मंसिर २२ गतेदेखि १०० रूपैयाँ अंकित मूल्यको दरमा पुस २७ गतेसम्म सेयर निष्काशन गर्नेछ ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गरिसकेको छ । मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन । हकप्रदको लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल तोकिएको छ ।

हकप्रदका लागि लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, सिभिल क्यापिटलको कार्यालय सुनधारा, सिभिल बैंकका सबै शाखा, र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको