Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी विकास बैंकले डाक्यो साधारणसभा

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, ११ : १४ मा प्रकाशित

नारायणी विकास बैंकले डाक्यो साधारणसभा

नारायणी विकास बैंकले आफ्नो २२ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको भने व्यवस्था गरेको छैन ।

कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १८ गते चितवनको टाँडीस्थित होटल स्टार चितवनमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीको केन्द्रीय कार्यालय परिवर्तन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको