Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोला हाइड्रोको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १५ : २१ मा प्रकाशित

मैलुङ खोला हाइड्रोको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

मैलुङ खोला हाइड्रोले घोषणा गरेको २.२२११ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब बिहीबार डिप्रोक्सको कारोबार ४६१.७८ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ४७२ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते बुकक्लोज तय गरेको छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको