Like us!
Follow us!
Connect us!
Watch us!

अब बिदा वा काजमा बसेका कर्मचारी बैठकमा आएर भत्ता लिन नपाउने

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १६ : २६ मा प्रकाशित

अब बिदा वा काजमा बसेका कर्मचारी बैठकमा आएर भत्ता लिन नपाउने

अबदेखि बिदा वा काजमा बसेका कर्मचारी बैठकमा आएर भत्ता लिन नपाउने भएका छन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा जारी परिपत्र अनुसार बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई सो अवधिमा कार्यालय मै बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने कार्य कानुनको बर्खिलाप तथा अनियमित कार्य हुने उल्लेख गरिएको हुँदा अब उक्त कार्य गर्न गराउन नपाइने भएको हो । यसैगरी कार्यालय सञ्चालन भएको दिन र कार्यालय समयमा पनि कार्यालय समय भन्दा फरक बिहान/बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन पनि पत्रमा उल्लेख गरिएको छ ।

साथै अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौं संस्करण)को बुँदा नम्बर ७.१.५ मा एउटै निकाय र अन्तर्गतको पदाधिकारी वा कर्मचारी मात्र बैठक बसेको भए त्यस्तो बैठकको लागि बैठक भत्ता उपलब्ध नगराउने व्यवस्था गरिएको छ । सोही पत्रका आधारमा स्वास्थ्य मन्त्रालयले मातहतका विभाग, संघीय अस्पताल, केन्द्रीय निकाय तथा बोर्डलाई निर्देशन जारी गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको