Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेश बैंकमा नयाँ सञ्चालक

मंगलबार, ०५ मंसिर २०७४, २१ : १५ मा प्रकाशित

बंगलादेश बैंकमा नयाँ सञ्चालक

अर्थ संसार, काठमाडौँ– नेपाल बंगलादेश बैंक लिमिटेडको तेइसौँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिका सदस्य चयन गरेको छ । 

बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेललाई निर्वाचित गरेको हो । 

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्षमा चयन गरिएको छ । बैंकका अध्यक्ष अहमदले आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । 

गभर्नर नेपालले बैंकलाई बढीभन्दा बढी व्यावसायिक र मर्यादित रुपमा अगाडि बढाउन र वित्तीय अनुशासन कायम गर्न प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको