Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन?

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १० : २३ मा प्रकाशित

एनआइबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन?

एनआइएमबि एस क्यापिटलले जारी गरेको बन्दमुखी म्युचुअल फन्ड योजना एनआइबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

योजनाले माघ २ गते मङ्गलबारदेखि १० रुपैयाँ मूल्यका १० करोड इकाई बिक्री खुला गरेको थियो । पछिल्लो तथ्यांक अनुसार हालसम्म ९५ प्रतिशत अर्थात नौ करोड ५४ लाख ८७ हजार पाँच सय ८० इकाईका लागि आवेदन परेको छ । ४२ हजार ४१ जनाले उक्त इकाईका लागि आवेदन माग गरेका हुन् ।

योजनाले १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि तथा १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । त्यसबाहेक बाकिँ ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको