Like us!
Follow us!
Connect us!
Watch us!

अख्तियारको फन्दामा वैदेशिक रोजगारका महानिर्देशक

बुधबार, २९ कार्तिक २०७४, १३ : ५९ मा प्रकाशित

अख्तियारको फन्दामा वैदेशिक रोजगारका महानिर्देशक

अर्थ संसार, काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ ।

 घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगले आज उनलाइृ पक्राउ गरेको हो ।

आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई रु दश लाख घुससहित मंगलबार पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको हो ।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बताइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको