Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डमा अनियमितता रोक्न भन्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १५ : ०५ मा प्रकाशित

धितोपत्र बोर्डमा अनियमितता रोक्न भन्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

नेपाल धितोपत्र बोर्डमा अनियमितता रोक्न भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन आयोजना गरेको छ ।

बोर्डको खुमलटारस्थित कार्यालय अगाडि गरिएको प्रदर्शनमा सहभागीहरुले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पारदर्शी हुनेपर्ने लगायतका नारा लगाएका थिए । बोर्ड भित्रको अनियमितता तथा बेथिति अन्त्य गर्न भन्दै प्रदर्शन गरिएको जनाइएको छ ।

प्रदर्शनकारीहरुले "वित्तीय माफिया होसियार", "आम लगानीकर्ताको हित सुरक्षित गर", "पुँजीबजार शुद्धीकरण गर" जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । धितोपत्र बोर्डको नयाँ अध्यक्ष चयन गर्ने प्रक्रियाकै बीच नेकपाले बोर्ड अगाडि प्रदर्शन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको