Like us!
Follow us!
Connect us!
Watch us!

फिरौती नदिएपछि गौचनको हत्या, समिरमानले योजना बनाए, राजिवले गोली हाने

मंगलबार, २८ कार्तिक २०७४, १७ : ०८ मा प्रकाशित

फिरौती नदिएपछि गौचनको हत्या, समिरमानले योजना बनाए, राजिवले गोली हाने

अर्थ संसार, काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा पाँच जना पक्राउ गरी आज सार्वजनीक गरेको छ ।

गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।  मागजति फिरौती नदिएकै कारण हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । तर, कति रकम मागेका थिए भन्ने खुल्ल बाँकी छ ।

संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए ।

पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार भनिएका समिरमान बस्नेत भने फरार छन् ।  

सुटरसहित सहयोगीहरु पक्राउ परेपनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेका थिए ।

 

5a0ad497656ac.jpg 5a0ad4977133e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको