Like us!
Follow us!
Connect us!
Watch us!

दुई मेट्रोरेल परियोजना अघि बढाउने निर्णय

मंगलबार, २८ कार्तिक २०७४, ०९ : ०४ मा प्रकाशित

दुई मेट्रोरेल परियोजना अघि बढाउने निर्णय

अर्थ संसार, काठमाडौं–  लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र र नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सोमबार बसेको बोर्ड बैठकले दुवै आयोजनाको निर्माणका लागि अध्ययन लगायतका प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा गठन गरेको समितिले पेश गरेको प्रतिवेदनको आधारमा यसको निर्णय गरिएको हो ।

धुलिखेलसम्म पुग्ने मेट्रोरेल परियोजनाको बुट अवधारणाअनुरुप कार्यान्वयन गर्न विस्तृत सम्भाव्यता अध्यययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लगायतका कार्य अघि बढाउनका लागि बैठकले बोर्डको कार्यालयलाई निर्देशन दिएको सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए ।

प्रवक्ता वाग्लेका अनुसार उपत्यकाभित्रका परियोजना अघि बढाउन सिफारिस अनुसारको कार्यान्वयन गर्ने गरी बोर्डको कार्यालय लगायतका अन्य सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ ।

२०७३ पुसमा बसेको बोर्डको २५ औं बैठकले योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले बुढानिलकण्ठदेखि नारायणगोपाल चोक, सातदोबोटो हुँदै तराईसँग जोड्ने दु्रतमार्गसम्मको रुट–१ र नौबिसे, नागढुंगादेखि कलंकी–कोटेश्वर हुँदै धुलिखेलसम्मको रुट–२ को अन्तिम प्रतिवेदन तयार बोर्डमा पेश गरेको थियो ।

प्रतिवेदनअनुसार २५ किलोमिटर लामो रुट–१ को मेट्रोरेल र ५४ किलोमिटरको रुट–२ को मेट्रोरेल चार बर्षभित्र निर्माण सम्पन्न गर्न सकिनेछ । रुट–१ बाट दैनिक १ लाख ५८ हजार र रुट–२ को मेट्रोरेलबाट दैनिक दुई लाख यात्रुलाई सेवा दिन सकिने अध्ययनले देखाएको छ ।

बेलायती सहयोग नियोगका परामर्शदाताले तयार पारेको लागतअनुसार रुट–१ को मेट्रोको १ खर्ब ७६ अर्ब र रुट–२ को रेलमार्गको ३ खर्ब ६० रुपैयाँ लागत अनुमान गरिएको छ । सडकमाथिको पुल ९एलिभेटेड ट्रयाक० मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ ।

धुलिखेल क्षेत्रमा ठूला बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गबाट आउने सबै बस यसै क्षेत्र तथा पश्चिमका राजमार्गमार्फत् आउने बसहरूको लागि नौबिसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यहिँ रोकी रेलमार्फत काठमाडौं भित्र्याउने लक्ष्य राखिएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको