Like us!
Follow us!
Connect us!
Watch us!

लेखा समितिले दियो धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन गर्न निर्देशन

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १५ : १५ मा प्रकाशित

लेखा समितिले दियो धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सार्वजनिक लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपिओबारे पनि छानबिन गर्न अख्तियार अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिको बैठकमा बोर्डका अध्यक्ष हमाललाई पनि बोलाइए पनि उनी अनुपस्थित रहेका थिए । बोर्डको अध्यक्षका रूपमा आफ्नो कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा उनी बिदामा रहेका छन् ।

उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ । हमालले २०७८ चैत ५ गते नेपाल धितोपत्र बोर्डको नेतृत्व समालेका थिए । कार्यकाल सकिनु अघि लिनै पर्ने फोर्स लिभमा हमाल बस्दैछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको