Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस, एक विश्लेषण

मंगलबार, २८ कार्तिक २०७४, ०८ : ०३ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस, एक विश्लेषण

 बैंकको महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : उदय मोहन श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : नारायण दास मानन्धर
प्रधान कार्यालय : कमलपोखरी, काठमाडौं
वेबसाइट : www.primebank.com.np
शाखा : ५१
स्टक टिकर : पिसिविएल

 बैंकको महत्वपूर्ण वित्तिय परिसूचकहरु (रू. हजारमा) :-

 बैंकका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-


 

लाभांश विवरण :-


 

आधारभूत विश्लेषण :-

 बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आव  २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ६ दशमलव ७८ प्रतिशतबाट घटेर ५ दशमलव ४० प्रतिशतमा सिमित भएको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १५ करोड ६० लाख छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ३७ प्रतिशत रहेको छ ।

  •  बैंकले पहिलो त्रैमाससम्ममा आइपुग्दा रू. ६८ अर्ब ५९ करोड निक्षेप संकलन गरी रू. ५९ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ ।

  •  बैंकको खुद ब्याज आम्दानी रू. ४५ करोड १५ लाख, कर्मचारी खर्च रू. ९ करोड ९३ लाख, अन्य सञ्चालन खर्च रू. ७ करोड ८ लाख र सञ्चालन नाफा रू. ४३ करोड ३८ लाख रहेको छ ।  

  •  बैंकको अन्य सम्पत्तिमा ५८ प्रतिशतले वृद्धि भई रू. ७७ करोड १२ लाख र स्थिर सम्पत्ति २१ लशमलव ९६ प्रतिशतले बढेर रू. ५७ करोड ३८ लाख  पुगेको छ ।

  • पूँजीकोष लागत ८ दशमलव २२ प्रतिशत आधार ब्याजदर १० दशमलव ९५ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ९० प्रतिशत रहेको छ ।

  •  बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात २७ दशमलव ९० प्रतिशत, प्रतिशेयर आम्दानी रू. २१ दशमलव ६१, मूल्य आम्दानी अनुपात २० दशमलव ५५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५४ दशमलव ६८ रहेको छ । सोमवारको मूल्य नेटवर्थको करीब ३ गुणा छ ।

प्राविधिक विश्लेषण :-

  • खरीद चाप  : बैंकको सोमवार भएको सेयर कारोबारको अन्तिम समय सम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी भएको छ । सो अवधिसम्म १९ हजार ९ सय ४९ कित्ता शेयर खरीद र १३ हजार ३ सय ३ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती चित्र :-

१५ अगष्ट २०१७                             १३ नोभेम्बर २०१७

स्ट्याण्डर्ड डेभिएसन :-
 

१५ अगष्ट २०१७                             १३ नोभेम्बर २०१७

आरएसआई :-
 

१५ अगष्ट २०१७                             १३ नोभेम्बर २०१७

मुभिङ् एभरेज :-
 


१५ अगष्ट २०१७                             १३ नोभेम्बर २०१७

प्राविधिक विश्लेषण :-

  • मैनबत्ती विश्लेषण :  बैंकको ५३ दिनको कारोबारको अन्तिम दिनमा लङ्लेग्ड डोजी आकृती बनेको छ । यस आकृतीले शेयर मूल्य बढ्ने घट्ने कुनै पनि निश्चित सङ्केत देखाउँदैन । लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्था सिर्जना गर्छ ।

  • आरएसआई :  बैंकको ५३ दिनको कारोबारमा आरएसआई न्यूट्रल  जोन (५१ दशमलव ५९ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन :  बैंकको ५३ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज :  बैंकको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिदै गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा माथि छ । हालको मूल्य रू.४ सय ४० देखि बजारको अवस्था परिवर्तन भई  मूल्य महँगिएमा रू. ४ सय ५१ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू.४ सय २५ मा टेवा पाउन सक्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको