Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणलाई गोलमटोल जवाफ दिएपछि एलआईसी नेपालको फाइल खोतल्ने सेबोनको तयारी

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, २० : ०१ मा प्रकाशित

प्राधिकरणलाई गोलमटोल जवाफ दिएपछि एलआईसी नेपालको फाइल खोतल्ने सेबोनको तयारी

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले बिमा कम्पनीहरुको नियामक संस्था नेपाल बीमा प्राधिकरणलाई हकप्रद सेयरमा भएको ढिलाईका बारेमा नेपाल धितोपत्र बोर्डको नाम जोडेर गोलमटोल उत्तर दिएपछि सूचीकृत संस्थाको नियामक नेपाल धितोपत्र बोर्डले यस विषयलाई गम्भीर रुपमा लिएको बुझिएको छ। 

हकप्रद निष्काशनको लागि भनेर एलआईसी नेपालले सेबोनमा फाइल त दर्ता गरेको छ तर स्वीकृतीका लागि खासै चासो राखेको छैन। बीमा प्राधिकरणमा हाम्रो नाम उल्लेख गरेर कम्पनीको हकप्रद ढिलाई भएको भन्ने आफुहरुले पनि सुने संगै यसबारे गम्भीर रुपमा हेरिरहेको  धितोपत्र बोर्ड उच्च स्रोतले अर्थसंसारलाई बतायो। एलआईसी नेपाल हकप्रदको नाममा सेयर बजारमा इन्साडर गर्यो भन्ने ब्यापक गुनासो आएको कारण पनि यस बारे अध्ययन नै गर्नु पर्ने स्रोतले जनाएको छ। 

एलआईसी नेपालको व्यस्थापन माथि सेयरबजारमा व्यापक इन्साडर गर्यो भन्ने आरोप लाग्ने गरेको छ। एलआईसी नेपालका एक सेयरधनीले गुनासो गरे,' ' राम्रो कम्पनी सोचेर लगानी गरे कम्पनीले लाभांस पनि दिन छाड्यो, हकप्रद निकाल्छु भनेर साधारणसभामा ठुला ठुला गफ दिन्छन तर केहि नगरि बसेको छ। हामी जस्ता साना लगानीकर्तालाई सार्है कम्पनीले अन्याय गर्यो। '

हकप्रद सेयर जारी गर्ने एलआईसी नेपालले ६ महिना अगाडी नै प्राधिकरणबाट अनुमति प्राप्त गरेको थियो। तर यत्रो समय सम्म पनि कम्पनीले सर्वसाधारणलाई हकप्रद जारी गर्न भने आलटाल गरेको छ। 

एलआईसी नेपालको सञ्चालक समितिको २०७९ भदौ १३ को बैठकले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर बीमा समितिले तोकेको पुँजी कायम गर्ने कम्पनीले निर्णय गरेको थियो । 
त्यसपछि  २०७९ साल माघ ३ काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा विशेष साधारण सभा गर्दै कम्पनीले हकप्रद सभाबाट अनुमोदन पनि गरेको थियो। 

एलआईसी नेपालले २०७९ पुस ८ गतेको बैठकबाट चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । त्यतिबेला पनि प्राधिकरणको स्वीकृति नलिई हकप्रद सेयर जारी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

त्यस पछ्यात बीमा प्राधिकरणबाट असार १५ गते नै स्वीकृत पाएपछि कम्पनीले २०८० असोज २९ गते नेपाल धितोपत्र बोर्डमा अनुमातिका लागि आवेदन दिएको दियो । समितबाट स्वीकृति पछ्यात पनि कम्पनीले सेबोनमा आवेदन दिन निक्कै समय लगाएको देखिन्छ। 

नेपाल धितोपत्र बोर्डमा समेत कम्पनीले नामको मात्र आवेदन दिएको छ। आवेदन दिएपनि हकप्रद स्वीकृति गराई सर्वसाधारणलाई हकप्रद जारी गर्न केहि पहल कम्पनीबाट भएको देखिदैन। 

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको