Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको २०० प्रतिशतको हकप्रद सेयरमा आजदेखि खुला

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, ०८ : ०१ मा प्रकाशित

घलेम्दी हाइड्रोको २०० प्रतिशतको हकप्रद सेयरमा आजदेखि खुला

घलेम्दी हाइड्रो लिमिटेडले आज मङ्सिर १० गतेदेखि हकप्रद सेयर निष्कासन खुला गरेको छ ।  कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले १ : २ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे ।

क-कसले भर्न पाउँछन् ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।

कहिलेसम्म भर्न पाइन्छ ?
मंसिर १० गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ ।

को हो बिक्री प्रबन्धक ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन ?
कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  

रेटिङ्ग
हकप्रदको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको भनेर संकेत गर्दछ ।

किन हकप्रद ?
कम्पनीले हकप्रदको रुपैंया मार्फत सांग्रिला उर्जा प्रालिले प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत  हुने गरि सेयर हाल्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको