Like us!
Follow us!
Connect us!
Watch us!

ट्रान्सफर्मर खरिद अनियमिततामा अख्तियारले बोलायो पूर्व मुख्य सचिव

आइतबार, १९ कार्तिक २०७४, २० : ५३ मा प्रकाशित

ट्रान्सफर्मर खरिद अनियमिततामा अख्तियारले बोलायो पूर्व मुख्य सचिव

अर्थ संसार, काठमाडौँ– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग बयान लिएको छ ।

आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिप विश्वप्रकाश पण्डित र वहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान सुरु गरेको हो ।

आयोगका एक उच्च अधिकारीकाअनुसार गुणस्तरहिन ट्रान्सफर्मरु खरिद गरी राज्यको स्रोत दूरुपयोग गरेको र कारवाही गर्नुपर्नेलाई जोगाउन परामर्शदाता नियुक्त गरी आयोगको काम कारवाही प्रभावित पार्न खोजेको अनुसन्धानबाट खुलेपछि पुनः बयानका लागि बोलाइएको हो ।

ट्रान्सफर्मर खरिदमा रु तीन करोड बढीको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा आयोगले प्राधिकरणका केही अधिकारीमाथि यसअघि नै मुद्दा चलाएइको थियो ।

विशेष अदालतमा कायम रहेको मुद्दालाई प्रभावमा पार्न  परामर्शदाता नियुक्त गरी भ्रष्टाचार जन्य गतिविधिलाई सहयोग गरेको आयोगको भनाइ छ ।

तत्कालीन ऊर्जा सचिवको हैसियतले क्षेत्री, पण्डितलाई बयानका लागि बोलाइएको जानकारी दिदै आयोगले कार्कीलाई भने प्राधिकरणको पूर्व कार्यकारी निर्देशकको हैसियतले बयानका लागि बोलाइएको जनाएको छ ।

आयोगकाअनुसार २०७० साल भदौ २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणका मुद्दा चलाउने भनी आयोगले निर्णय गरेको थियो । सो निर्णय लगत्तै प्राधिकरणले मध्यस्तता गरी आयोगले गरिरहेको काम प्रभावित पार्न खोजेको र विवादित निर्णय गराई रु तीन करोड हाराहारीमा अनियमितता गरेको ठहर गरिएको आयोगका अधिकारीले जानकारी दिए ।

ती अधिकारीकाअनुसार ट्रान्सफर्मर खरिदका क्रममा भएका विषयलाई प्रष्ट रुपमा आयोगलाई जानकारी नगराए वा आयोगले सोधेको प्श्नको वस्तुनिष्ट उक्त नदिए तीनै जनामाथि भ्रष्टाचारको मुद्दा चल्नेछ ।

अकूत सम्पत्ति कमाएकोमा चारमाथि छानबिन

यस्तै आयोगले अकूत सम्पत्ति कमाएको आरोपामा नेपाल प्रहरीका पूर्व महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सरकारका सचिव गजेन्द्र ठाकुर , काठमाडौँ महानगरपालिकाका उच्च सुरक्षा अधिकृत(डिएसपी)का रुपमा कार्यरत धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ ।

अस्वाभाविक जीवनशैली अपनाएको र वैध आयतको तुलनामा वैध आयको तुलनामा अवैध आयको मात्रा बढी लिएको भन्दै छानबिन सुरु गरेको आयोगको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको