Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पुगेका अर्थमन्त्री डा. महतले भने– पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा सुधार आउँछ

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ११ : १६ मा प्रकाशित

बुटवल पुगेका अर्थमन्त्री डा. महतले भने– पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा सुधार आउँछ

अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा सुधार आउने बताएका छन् ।  नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त गरेका हुन् । 

उनले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए । उनले देशको विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै विगतको जस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेकोले अब देशमा आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । 

उनले तत्कालका लागि श्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउनेबित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास व्यक्त गरे । उनले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।-File photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको