Like us!
Follow us!
Connect us!
Watch us!

कन्काईको ५ लाख ४९ हजार ९३७ कित्ता सेयर बजारमा

मंगलबार, ३१ असोज २०७४, १२ : २७ मा प्रकाशित

कन्काईको ५ लाख ४९ हजार ९३७ कित्ता सेयर बजारमा

अर्थ संसार,काठमाडौं– आजदेखि  कन्काई विकास बैंकको ५ लाख ४९ हजार ९३७ कित्ता सेयर लिलामी खुला भएको छ ।

बैंकले संस्थापक समूहको ३ लाख ८१ हजार ६५० कित्ता र सर्वसाधारण समूहको १ लाख ६८ हजार २८७  कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक १० गते तोकिएको छ ।

हाल बैंकको बजार मूल्य २१८ रुपैयाँ छ । कन्काईले गत साउन ९ देखि भदौ ११ गतेसम्म ३२ लाख १० हजार कित्ता ९२१४५० हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं तथा कन्काई विकास बैंकको दमक–६ झापामा पुग्ने गरी बोलपत्र फारम बुझाउनुपर्नेछ ।

दुवै समूहको बोलपत्र कात्तिक १२ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ ।

हाल कन्काईको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । लिलामी बिक्रीपछि बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कन्काईले ३ करोड ८७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको