Like us!
Follow us!
Connect us!
Watch us!

एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

सोमबार, ३० असोज २०७४, १४ : ५१ मा प्रकाशित

एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

अर्थ संसार, काठमाडौँ– काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ ।

महानगरपालिको सहयोगमा कामनपा–२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो ।

सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले राससलाई जानकारी दिनुभयो ।

“चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ”, अध्यक्ष तिवारीले भन्नुभयो ।

केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको