Like us!
Follow us!
Connect us!
Watch us!

दुई करोडको तरकारी निर्यात

सोमबार, ३० असोज २०७४, ११ : ०० मा प्रकाशित

दुई करोडको तरकारी निर्यात

अर्थ संसार, काठमाडौं– पाल्पा– परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ ।

मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आव २०७३/७४ मा रु दुई करोडकोे तरकारी जिल्ला बाहिर निर्यात भएको छ । मदनपोखराको तरकारी स्याङ्जा, कास्की, रुपन्देहीसम्म निर्यात हुँदै आएपछि किसान खुशी छन् ।

परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रमा करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो । व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले रु डेढ लाखदेखि आठ लाखसम्म आम्दानी लिन सफल भएको किसान बताउँछन् ।

मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज पौडेलले तरकारीको बीउ, प्राविधिक सहयोग, ऋण र तरकारीको बजार व्यवस्थापन गर्न थालेपछि तरकारी उत्पादन गर्नेको संख्या वर्षेनी बढेको हो ।

तानसेन नगरपालिकाको मदनपोखरा क्षेत्रबाट ठूलो मात्रामा तरकारी उत्पादन हुँदै आएपछि अहिले तानसेन नगरपालिकाको वडा नं ६, ७ र ९ का स्थानीय बासिन्दासमेत व्यावसायिक तरकारीखेतीप्रति आकर्षित हुन थालेका छन् ।

परम्परागत मकैखेती छाडेर व्यावसायिक रुपमा बन्दा गोपी, गोलभेँडा, खुर्सानी, मुला र भान्टाखेती गर्न थाले पछि कृषक राम्रो आम्दानी लिन सफल छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको