Like us!
Follow us!
Connect us!
Watch us!
३ अंकले बढेको बजारमा ३२ करोडको कारोबार

सेयर बजारले रंग फेर्दै

बुधबार, २५ असोज २०७४, १५ : १० मा प्रकाशित

सेयर बजारले रंग फेर्दै

अर्थ संसार, काठमाडौं– सेयर बजारले आज रंग फेरेको छ । विगत केही दिन अघिसम्म सेयर बजार रातो रंगले भोतिएको थियो । तर,  आज भने हरियो रंगले पोतिएको छ । 

लगातार घटिरहेको सेयर बजार विस्तारै समालिदै आएको देखिन्छ । धितोपत्र बजारमा आज समान्य सुधार भएको छ । ३.३६ अंकले बढेको बजारमा ३२ करोड २३ लाख १० हजार ५ सय ५३ रुपैयाँको भएको छ । १ सय ६३ वटा कम्पनीको ७ लाख ५४ हजार ५३ कित्ता सेयर खरिदविक्री भएको छ ।

सामान्य अंकले बढेको बजारमा होटल ५.८३ अंक, ट्रेडिङ २.११ अंक, विकास बैंक ०.५३ अंक, हाइड्रोपावर १७.६३ अंक, इन्स्योरेन्स ६०.०८ अंक र अन्य ८.९७ अंकले बढेको छ । यता बैंक ०.६ अंक, फाइनान्स ०.१४ अंक र उत्पादन ४.३३ अंकले घटेका छन् ।

आज सिर्जना फाइनान्स वित्तिय संस्था, रिडी हाइड्रोपावर डेभलपमेन्ट र सहयोगी विकास बैंकमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् ।

यता, नेपाल कम्पनी डेभलपमेन्ट कम्पनी, कावेली विकास बैंक, खानीखोला हाइड्रोपावर लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानीको केही प्रतिशत आम्दानी गुमाएका छन् ।

 

59dde601c6f5d.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको