Like us!
Follow us!
Connect us!
Watch us!

दूध बिक्री गरी चार करोड आम्दानी

बुधबार, २५ असोज २०७४, १४ : ०५ मा प्रकाशित

दूध बिक्री गरी चार करोड आम्दानी

अर्थ संसार, पाल्पा – डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् । मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।

उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३/७४ मा रु चार करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गसँग जोडिएको मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा संकलन गरी पोखरा र तानसेनमा बिक्री गरिन्छ । डुम्रे दुग्ध उत्पादन सहकारीले यस क्षेत्रबाट दैनिक ५०० लिटर दूध बिक्रीका लागि पोखरा पठाउने गरेको छ ।

दैनिक ४०० लिटर दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध सदरमुकाम तानसेनमा बिक्री गरिन्छ । सो क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् । मदनपोखराका सुकदेव रिजाल गाईपालन गर्ने नमूना किसान हुन । उहाँले ४६ वटा गाई पाल्नुभएको छ ।

डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष राम्जी घिमिरे गाईभँैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश पलायन हुने क्रम रोकिएको बताउनुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको