Like us!
Follow us!
Connect us!
Watch us!

लोकसेवाले माग्यो ८० सहसचिव

बुधबार, २५ असोज २०७४, ११ : ३२ मा प्रकाशित

लोकसेवाले माग्यो ८० सहसचिव

अर्थ संसार, काठमाडौं– काठमाडौं लोक सेवा आयोगले सहसचिव ८० र उपसचिव २६९ जना माग गरेको छ ।

आयोगले विगत केही वर्षको तुलनामा बढी आवेदन माग गरेको हो ।कर्मचारी समायोजन विधेयक २०७४ पारित भएको ४ दिनपछि आयोगले  राजपत्रांकित प्रथम र द्धितिय (सहसचिव र उपसचिव)  पदमा आवेदन दिन आग्रह गर्दै भर्ना आह्वान गरेको हो ।

 व्यवस्थापिका संसद बैठकबाट यही असोज २१ गते  पुरानो दरबन्दीमा नयाँ विज्ञापन गर्न पाउने व्यवस्था गरी  विधेयक पारित गरेपछि आयोगले आज भर्ना आह्वान गरेको  हो ।

आयोगले अप्राविधिक  तथा प्राविधिक तथा स्वास्थ्य सेवाका लागि ११ औं र नवौं तहका लागि आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक  लिखित परिक्षाको लागि विज्ञापन गरेको छ ।

  विभिन्न सेवा, समूह,  उपसमूह तथा श्रेणीमा गरिएको विज्ञापनको लिखित परीक्षा कार्यक्रम फरक फरक  मितिमा राखिएको छ ।

59ddb176bccbe.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको