Like us!
Follow us!
Connect us!
Watch us!

बजार विस्तारमा आक्रमण हुँदै गरिमा विकास बैंक , काठमाण्डौंको नयाँ सडकमा ४८ औं शाखा

सोमबार, २३ असोज २०७४, २१ : २८ मा प्रकाशित

बजार विस्तारमा आक्रमण हुँदै गरिमा विकास बैंक , काठमाण्डौंको नयाँ सडकमा  ४८ औं शाखा

अर्थ संसार, काठमाडौं– पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्यकार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले नयाँ सडकमा शाखा बिस्तार गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच बैंकले काठमाण्डौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।

बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ ।

राष्ट्रियस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ ।

गरिमाले राजधानीमा पाँच शाखा सहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदानगर्दै आएको छ ।

विकास बैंकहरुमा उत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ ।

यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्य पाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको