आइतबार, ०५ कार्तिक २०७४, २१ : १३
कुन बैंकको कति लाभांश ? हेर्नुहोस् (लिष्टसहित)
शुक्रबार, २० असोज २०७४

अर्थ संसार, काठमाडौं–  गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैक र विकास बैंकले धमाधम लाभांश घोषण गरिरहेका छन् ।

अहिलेसम्म ८ बाणिज्य बैंक र ११ वटा विकास बैंकले लाभांश घोषणा गरिसकेका छन् । अरु बैंकहरुले पनि घोषणा गर्ने तयारी गरिरहेका छन् ।

कम्पनीको लाभांशको प्रतिशतले कम्पनीको बर्तमान स्थिति चित्रण गर्ने गर्दछ ।

नाफा कमाउने कम्पनीले धेरै लाभांश दिने भएको  लाभांशको आधारमै लगानीकर्ताको लागि यो तथ्यांक अति उपयोगी हुनेछ । लगानीकर्ताको कम्पनी छनोटमा लाभांशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

लाभांश घोषणा गरिसकेका बाणिज्य बैंकहरु मध्ये नविल बैंकले सवै भन्दा धेरै लाभांश दिएको छ । ३० प्रतिशत बोनस सेयर १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश घोषण गरेको छ ।

त्यसै गरी सवै भन्दा कम नेपाल बंगालादेश बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी १५.७९ प्रतिशत लाभांश  दिने घोषणा गरेको छ ।

यता विकास बैंकहरु मध्ये निर्धन उत्थान विकास बैंकले बोनस सेयर र नगद गरी  ८१.७१ प्रतिश बोनस दिने घोषणा गरेको छ ।

सवै भन्दा थोरै सप्तकोशी डेभलपमेन्ट बैंकले सेयर र  नगद गरी  जम्मा ११.५७ प्रतिशत लाभांश घोषण गरेका छ । कम्पनीको लाभांशको प्रतिशतले कम्पनीको बर्तमान स्थिति चित्रण गर्ने गर्दछ ।

नाफा कमाउने कम्पनीले धेरै लाभांश दिने भएको  लाभांशको आधारमै लगानीकर्ताको लागि यो तथ्यांक अति उपयोगी हुनेछ । लगानीकर्ताको कम्पनी छनोटमा लाभांशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

© Arthasansar.com 2016, All Rights Reserved