Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि एभरेष्ट बैंकको सेयर लिलामी बिक्री खुला, यहाँबाट आवेदन दिनुहोस्

शुक्रबार, २० असोज २०७४, ११ : १५ मा प्रकाशित

आजदेखि एभरेष्ट बैंकको सेयर लिलामी बिक्री खुला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– आजदेखि  एभरेष्ट बैंकको ३५ हजार ८४१ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो ।

यसअघि एभरेष्टले भदौ २५ देखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

जसमा २ लाख १७ हजार ९५६ कित्तामा मात्र आवेदन परेको थियो । ३५ हजार ८४१ कित्ताका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा त्यसभन्दा बढी भाउ तोकी यसमा निवेदन दिनुपर्नेछ । यो लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज २७ गते तोकिएको छ ।

यहाँबाट दिनुहोस आवेदन

सेयर लिलामीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।

बोलपत्र असोज २९ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ । फारम बिक्री प्रबन्धक एनआइबील क्यापिटलमै पाइनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको