Like us!
Follow us!
Connect us!
Watch us!

१२ कम्पनीको हकप्रद आउँदै, कुन कम्पनीको कति ?

विहीबार, ०५ असोज २०७४, १५ : ५२ मा प्रकाशित

१२ कम्पनीको हकप्रद आउँदै, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं– धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ ।

बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो ।

स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ । सो बैंकले रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजारको हकप्रद शेयर जारी गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार रु आठ अर्ब चुक्ता पुँजी पु¥याउन बैंकले हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हकप्रद सेयर दिने र टुरिजम डेपलभमेन्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी रु नौ अर्बमाथि पुग्ने बताउनुभयो । दशैँलगत्तै मेघाले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने तयारी गरेको छ । त्यसका लागि विशेष साधारणसभासमेत बोलाइएको छ ।

हकप्रद शेयर जारी गर्न लागेका वित्तीय संस्थामा छवटा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स विकास बैंक, एक्सेल विकास बैंक, ओम विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक र भार्गव विकास बैंक रहेका छन् । अधिकाशं विकास बैंकले चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागेका हुन् ।

यस्तै, हकप्रद सेयर जारी गर्न लागेकामा पाँचवटा लघुवित्त संस्था रहेका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आएसडिसी लघुवित्त, समटि माइक्रोफाइनान्स, गुह्श्वेरी मर्चेन्ट बैंकिङ र जनरल फाइनान्स कम्पनी रहेका छन् । विभागले गत साउन २ गतेदेखि गत भदौ २५ गतेसम्म ती वित्तीय संस्थालाई हकप्रद सेयर निस्कासनका लागि अनुमति दिएको सहायक प्रवक्ता डा नवराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै ‘क’ वर्गका वित्तीय संस्थाका रुपमा रहेको सेञ्चुरी बैंकले पनि हकप्रद शेयर निस्कासन गरेको थियो । चुक्ता पुँजी रु आठ अर्ब पु¥याउने दबाबमा रहेका ‘क’ वर्गका बैंकलाई राष्ट्र बैंकले थप ६ महिना समय दिएको छ । सो अवधिभित्र चुक्ता पुँजी पु¥याउनै पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको