Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक, आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न राष्ट्रपतिको आह्वान

मंगलबार, ०३ असोज २०७४, २० : २८ मा प्रकाशित

सामाजिक, आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न राष्ट्रपतिको आह्वान

अर्थ संसार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै तहको निर्वाचनपश्चात जनआकांक्षा अनुरुप मुलुकको सर्वोत्वमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न सरकार, सबै राजनीतिक दल र आमजनता समक्ष आह्वान गर्नुभएको छ ।

तेस्रो संविधान दिवसका अवसरमा आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सांस्कृतिक कार्यक्रम तथा जलपान समारोहमा उहाँले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका लागि मार्गचित्रण प्रदान गरेको बताउनुभयो ।

राष्ट्रपति भण्डरीले लोकतन्त्र, वाक स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायसहितको दु्रत तथा आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनाताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको उल्ल्ेख गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माण गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने संविधानको भावना र मर्म कार्यान्यन गर्न हरेक नेपाली अग्रसर भएको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति, कावा प्रधानमन्त्री, कामु प्रधान्यायाधीश, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो । सो अवसरमा नेपाल सांस्कृतिक संस्थानका कलाकारले विभिन्न जातजातिका नृत्य प्रस्तुत गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको