Like us!
Follow us!
Connect us!
Watch us!
२१ गतेको शेयर कारोबार रद्द

इन्भेष्टमेण्ट बैङ्कको लाभांश प्रकरण : सेबोनद्वारा छानविन जारी

विहीबार, २९ भदौ २०७४, ०८ : ०३ मा प्रकाशित

इन्भेष्टमेण्ट बैङ्कको लाभांश प्रकरण : सेबोनद्वारा छानविन जारी

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैङ्कको भदौ २१ गतेको शेयर कारोबार रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले बैङ्कको उक्त दिनको कारोबार रद्द गरेको हो ।

नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बोर्डले इन्भेष्टमेण्टको २१ गतेको कारोबार रद्द गर्न लिखित रूपमा निर्देशन दिएपछि रद्द गरिएको जानकारी दिए । सो दिन इन्भेष्टमेण्टको ८ सय २२ पटकको व्यापारमा रू। ७ करोड ९ लाख ७६ हजार ८ सय ४६ बराबरको ९१ हजार ९ सय ७९ कित्ता शेयर खरीद विक्री भएको थियो ।

बोर्डले इन्भेष्टमेण्टको २१ गतेको कारोबार रद्द गर्नुका अतिरिक्त लाभांशको सूचना प्रकाशित गरेकोसम्बन्धमा नेप्सेका तर्फबाट भएका  कामकारबाहीसम्बद्ध लिखित प्रतिवेदन पठाउनसमेत निर्देशन दिएको छ ।

बोर्डले मङ्गलवारदेखि लागू हुने गरी ७ दिनभित्र लिखित प्रतिवेदन बुझाउन नेप्सेलाई निर्देशन दिएको प्रवक्ता पराजुलीले बताएका छन् । इन्भेष्टमेण्टको सो दिनको सूचना प्रवाह कम्पनीसँगको सूचीकरण सम्झौताअनुुसार नै गरिएको उनले स्पष्ट पारेका छन् ।    

इन्भेष्टमेण्टको लाभांशको घटनालाई लिएर नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय छानविन समिति गठन गरी थप अध्ययन गरिरहेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले बैङ्कले हतारमा नेप्सेलाई सूचना प्रवाह गर्दा टाइप गर्दा गल्ती भएको र पछि जानकारी पाउनासाथ सूचना सच्याइएको स्पष्टीकरण बोर्डमा पेश गरेको बताए ।

लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले २१ गते नै इन्भेष्टमेण्ट बैङ्कलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । सोही आधारमा बैङ्कले २५ गते स्पष्टीकरण पेश गरेको प्रवक्ता गिरीले जानकारी दिए ।

उनले सो घटनाका सम्बन्धमा थप अध्ययनका लागि छानविन समिति बनाई अध्ययन शुरू गरिएको बताउँदै बोर्डले ठोस निर्णय गर्न बाँकी रहेको जानकारी दिए । बोर्डले इन्भेष्टमेण्टको २१ गतेको कारोबार राफसाफ नगर्न सीडीएससीलाई समेत निर्देशन दिइसकेको छ ।

इन्भेष्टमेण्ट बैङ्कले भदौ २१ गते बुधवार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको भन्दै नेप्सेको वेबसाइटमा सूचना प्रकाशित गरेको थियो । पछि टाइप गर्दा गल्ती भएको भन्दै २५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर दिने भनेर सच्याएको थियो ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार उक्त बैङ्कले चुक्तापूँजी तोकिएको रू। ८ अर्बभन्दा बढी पुर्‍याइसकेको छ । बैङ्कको चुक्तापूँजी अहिले रू। ९ अर्ब २४ करोड ३ लाख ७९ हजार पुगिसकेको छ । गत आर्थिक वर्षमा रू।

३ अर्ब १६ करोड ६९ हजार नाफा कमाएको इन्भेष्टमेण्टको लाभांश प्रकरणले लगानीकर्ता आक्रोशित बनेका छन् । पहिलो सूूचनाका आधारमा शेयर किनेका लगानीकर्ता मारमा परेको भन्दै पहिलो सूचनाको आधारमा लाभांश दिनुपर्ने माग लगानीकर्ताहरूको छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको