Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि छानिए पाँच जना

शुक्रबार, २३ भदौ २०७४, १६ : ०० मा प्रकाशित

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि छानिए पाँच जना

अर्थ संसार, काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्जको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिको पाँच जनाको नाम छनौट गरेको छ ।

मन्त्रालयले आज प्रारम्भिक रुपमा पाँच जनाको नाम छनौट गरी नियुक्तिका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको छ ।
मन्त्रालयले आज प्रकाशित गरेको  नामावलीमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया रहनु भएको छ ।

शैक्षिक योग्यता र ब्यावसायिक कार्ययोजनाको परीक्षाबाट प्राप्तांकको नतिजाका आधारमा पाँ जना छनौट गरिएको मन्त्रालयले जनाएको छ । पाँच जनालाई व्यावसायिक योजना र थप अन्तर्वार्ताको लागि बोलाइने मन्त्रालयले जनाएको छ ।

ब्यावसायिक योजना र अन्तर्वार्तापछि मन्त्रालयले नियुक्तिकालागि तीन जनाको नाम मन्त्रीपरिषदमा पठाउने  छ । 

59b2795fcdbe4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको