Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ सेतीले बाड्यो ४६ करोड बढी मुआब्जा

बुधबार, १४ भदौ २०७४, १३ : ५८ मा प्रकाशित

तनहुँ सेतीले बाड्यो ४६ करोड बढी मुआब्जा

अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म रु ४६ करोड ५१ लाख बराबरको मुआब्जा वितरण गरेको छ ।

कुल १४० मेगावाटको क्षमताको उक्त  आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि उक्त परिमाणको मुआब्जा रकम वितरण गरेको हो ।

सो आयोजनाले रु ६७ करोड रकम मुआब्जा रकम वितरण गर्नुपर्नेछ । हालसम्म बाँडिएको मुआब्जा रकम मध्ये कुल ७० प्रतिशत बढी रहेको आयोजनाले बताएको छ ।

जग्गाको मुआब्जा तथा क्षतिपूर्ति, घर–टहरा र जलाशय क्षेत्रमा पर्ने रुखविरुवाका लागि पनि रकम दिइएको छ । आयोजनाबाट ७५८ घरधुरी प्रभावित हुने र करिब ३५ घर पूर्णरूपमा विस्थापित हुनेछन् ।

आयोजनाको जलाशय क्षेत्रमा १ हजार २ सय रोपनी निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजना निर्माण गर्ने तनहुँ हाइड्रो पावर लिमिटेडले अहिलेसम्म ८४० रोपनी मुआब्जा वितरण गरेको छ ।

तनहुँको ब्यास नगरपालिका, रिसिङ, म्याग्देलगायत गाउँपालिकामा परामर्श मञ्च गठन गरिसकेको छ ।
आयोजनाका लागि ४१९ हेक्टर सरकारी जग्गा अर्थात वन क्षेत्र अधिग्रहण गर्नुपर्नेछ । कुल २५ किलोमिटर क्षेत्रसम्म आयोजनाको जलाशय फैलिने अध्ययनले देखाएको छ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ । यो निर्माण अवधिको ब्याज र ग्रामीण विद्युतीकरणसहितको लागत हो । आयोजनामा सरकार, नेपाल विद्युत प्राधिकरण, एडिबी, जाइका र इआइबीको लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको