Like us!
Follow us!
Connect us!
Watch us!

टावर ढलेपछि निजी ऊर्जा उद्यमीको २१ करोड घाटा

सोमबार, ०५ भदौ २०७४, १६ : ०८ मा प्रकाशित

टावर ढलेपछि निजी ऊर्जा उद्यमीको २१ करोड घाटा

अर्थ संसार, काठमाडौँ– वर्षा र बाढीका कारण पूर्वाञ्चलको प्रसारण प्रणाली ८ दिनसम्म अवरुद्ध हुँदा निजी जलविद्युत उत्पादकले रु २१ करोड घाटा बेहोर्नुपरेको छ ।

बाढीले पूर्वाञ्चलका काबेली करिडोर १३२ केभी प्रसारण लाइनको दमक–गोदक खण्डमा १७ नम्बर टावर ढलेपछि विद्युत प्रसारण अवरुद्ध भएको थियो । यही कारण निजी क्षेत्रलाई करोडौं रुपैयाँ घाटा भएको हो ।

नेपाल विद्युत प्राधिकरणले क्षतिग्रस्त टावर मर्मत गरेपछि आइतबारबाट सबै विद्युतगृहले उत्पादन सुरु गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

प्रसारण प्रणाली अवरुद्ध हुँदा १४.९ मेगावाटको हेवा खोला ‘ए’, २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको माई क्यासकेड, १० मेगावाटको माथिल्लो माई, ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ र ७ मेगावाटको जोगमाईको उत्पादन ९ दिनदेखि बन्द थियो ।

यस्तै, संखुवासभामा सञ्चालित ४.४ मेगावाटको हेवा, ३ मेगावाटको पिलुवा र ९ सय किलोवाटको तल्लो पिलुवाको उत्पादन पनि बन्द थियो ।

२९ मेगावाट बराबरका २ विद्युतगृह बन्द हुँदा ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको सानिमा माई हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस्

भारतीय कम्पनीको लाइसेन्स खारेज हुँदै

नेप्से राताम्मै, ६ अंकले घटेको सेयर बजारमा ५२ करोडको कारोबार

प्राथमिक सेयर के हो ? यस्ता छन् सेयर भर्न चाहिने कागजातहरु 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको