Like us!
Follow us!
Connect us!
Watch us!

प्राथमिक सेयर के हो ? यस्ता छन् सेयर भर्न चाहिने कागजातहरु

सोमबार, ०५ भदौ २०७४, ०५ : ०० मा प्रकाशित

प्राथमिक सेयर के हो ? यस्ता छन् सेयर भर्न चाहिने कागजातहरु

  • राजु पौडेल

तपाई सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? कसरी लगानी गर्ने थाहा छैन ? लगानी गर्ने के के चाहिन्छ ? आउनुहोस आज म तपाईहरुलाई प्राथमिक सेयर बजार को बारेमा जानकारी गराउन चाहानछु ।

कम्पनीले पहिलोपटक जारी गरेको वा निष्काशन गरेको सेयर कारोबार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । कम्पनीले प्रथम पटक निष्काशन गरेको सेयरलाई IPO ( Intial Public offering) भनिन्छ  ।

कम्पनीलाई पूँजिको आवश्यकता परेपछि सर्वसाधारणबाट पूँजि संकलन गर्नको लागि IPO निकाल्ने गर्दछ । कुनै पनि कम्पनीले IPO निष्काशनको दरखास्त लिने कार्य बिक्री खुला भएको मितिबाट न्यूनतम चार र अधिकतम पन्ध्र दिनसम्म हुन्छ ।

हामिहरुले यो चार दिन भित्र IPO खरिद गरिसक्नु पर्छ र न्यूनतम ५० कित्ता रु ५०००/ हजार सम्मको IPO किन्न सकिन्छ ।

IPO को दरखास्त फारम कम्पनीले तोकेको निष्काशन कम्पनी केन्द्र  र अहिले आस्वा प्राणली सेवा प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाबाट लिएर भरेर तेहि बुझाउन पनि सकिन्छ फारमको साथ नागरिकताको फोटोकपी र एउटा PP फोटो पनि चाहिन्छ ।

IPO किन्दा रु ५०००/ सम्म नगदै पैसा वा cheque बुझाउन सकिन्छ भने रु ५०००/ भन्दा माथिको IPO किन्ने हो भने अनिवार्य रुपमा cheque बुझाउनु पर्दछ ।

यसरी तपाईहरुले कुनै पनि कम्पनीले निकालेको IPO किन्न सक्नुहुन्छ । अहिले कुनै पनि सेयर खरिद गर्दा DMAT (Dmaterials)  खाता चाहिन्छ यो खाता कुनै पनि broker वा Merchent बैंकमा गएर खोल्न सकिन्छ यो खाता भनेको सेयरको विबरण राख्ने खाता हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको