Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपीडितलाई सूर्यबिनायक नगरपालिकाको ३० हजार सहयोग

शुक्रबार, ०२ भदौ २०७४, १२ : ४९ मा प्रकाशित

बाढीपीडितलाई सूर्यबिनायक नगरपालिकाको ३० हजार सहयोग

अर्थ संसार, भक्तपुर– शुभनगर विकास समाजले बाढीपीडितका लागि रु ३० हजार रकम संकलन गरी सूर्यबिनायक नगरपालिकामार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको समाजले आयोजना गरेको राहत हस्तान्तरण तथा तीज कार्यक्रममा समाजको तर्फबाट संकलित रकम सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा व्यवस्थापिका–संसद्का सदस्य रामेश्वर ढुंगेल, उपप्रमुख बस्नेत, ललितकला एकेडेमीका कुलपति रागिनी उपाध्यायले तीजमा महिलाले शृृंगार र गहनामा खर्च गर्नभन्दा मानवीय सेवामा खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजका सल्लाहकार एवं पत्रकार धर्मेन्द्र झा, पत्रकार गोपाल खनालले बाढीपीडित नेपालीजनको दुःखमा मलम लगाउने पहलस्वरुप राहत संकलन गरिएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको