Like us!
Follow us!
Connect us!
Watch us!

भैरहवा भन्सारको जारि किर्ते प्रज्ञापन पत्रमा ट्रक पास, अनुसन्धानमा अख्तियारको समेत सहभागी

सोमबार, ३० साउन २०७४, १५ : १० मा प्रकाशित

भैरहवा भन्सारको जारि  किर्ते प्रज्ञापन पत्रमा ट्रक पास, अनुसन्धानमा अख्तियारको समेत सहभागी

  • कमल रायमाझी

अर्थ संसार, भैरहवा भैरहवा भन्सार कार्यालय रुपन्देहीमा किर्ते प्रज्ञापन पत्रका आधारमा मालवाहक ट्रकहरु पास भए पछि  अनुससन्धान अगाडी वढेको छ ।  भन्सार कार्यलयबाट साउन २६ गते चेकजाच गरी छुटेको ना ४ ख ४१२६ नम्बरको ट्रककोप्रज्ञापनपत्र किर्ते भएको खुले पछि अनुसन्धान अगाडी बढेको हो ।

मां मनकामना इन्टरनेशनलको नाममा भैरहवा भन्सारबाट छाडिएको दसचक्के ट्रक किर्ते गरि प्रज्ञापन पत्रका आधारमा गेट वाट बाहिरिए पछि पुन भन्सार फर्काउनु परेको हो ।
 
एजेन्ट कोड  ४७५ ले भरेको  प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरको प्रज्ञापनपत्रमा पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डल देखिएको थियो  । जुन किर्ते  थियो ।

ना ४ ख ४१२६ नम्बरको ट्रक विना भन्सार बाहिरीएपछि भन्सारवृतमा हंगामा नै मच्चीएको छ । ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिए पछि कुरा वाहिर आएको हो ।

कर्मचारी, एजेण्ट र प्रहरीको समेत मिलोमतोमा भैरहवा भन्सारबाट दैनिक लाखौंको राजस्व छलि हुने गरेको तथ्य बाहिर आएको हो ।  विहिवार राति भंसारको गेटबाट बाहिरिएको केहि क्षणमा ना ४ ख ४१२६ नम्बरको ट्रक पुनः नियन्त्रणमा आयो । मालबाहक सो ट्रक भन्सारकै कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

बाहिरी सकेको ट्रक पुनः फर्काइएपछि भन्सारका कर्मचारी भित्र ठुलै हल्ली खल्ली नै मच्चिएको छ ।किर्ते प्रज्ञापन पत्रका आधारमा वाहिरिएको ट्रकलाई भन्सार फर्काए पछि आइतबार भन्सार एजेन्टसंघ, माल पास गर्ने एजेन्ट, भन्सारका कर्मचारीको रोहबरमा पुनः चेकजाच गर्दा पर्दाको कपडा र वुलन टप मात्र रहेको भनिएको ट्रकमा बिभिन्न २६ किसिमका महङ्गा समानहरु रहेको भेटिएको छ ।

उक्त ट्रकमा सिडी चक्काहरु १ लाख २० हजार थान हाते आरा २ हजार १ सय ६०, एंगल कक ३ सय ६३ थान, पिलर कक १ सय थान, कन्सील्ड कक २ सय ६६ थान, विव कक २ सय ६६ थान, लंग बडी विव कक रहेको भन्सार कार्यालयका नायब सुब्बा मधु खनालले जानाकारी दिनुभयो ।

 यसै गरि सो ट्रकमो वाल मिक्स्चर २२ थान, सिंक मिक्स्चर ७८ थान, फलामे ह्याण्ण्डल ८ सय ९५ किलो, फलामे टावर बोल्ट १ हजार ६ सय ६० किलो, एलड्रप ६३ किलो, डोर लक ७ सय ७९ पिस रहेको थियो ।

यसै गरि रेडिमेड पर्दा ३ हजार ३ सय ६० थान, सोफा कभर ८५ सेट, किचन बास्केट १ सय २६ पिस, बाथरुम ऐना १ हजार २ सय १० थान, पेन्ट व्रश ८ हजार ६ सय ४० थान, रेक्जीक कपडा १ हजार ८ सय ४५ मिटर, नेट कपडा ५ सय ५० मिटर, लेगीज १ सय ९५ थान, लेडिज टप १ सय २६ थान, लेडिज कुर्ता १ सय ६९ थान, इम्ब्रोडरी साडी १० थान, साधारण साडी ९४ थान र क्याटलग ४८ थान रहेको नायब सुब्बा  खनालले बताउनुभयो ।

यसरी विना भन्सार गाडी पास गराउने भन्सार अधिकृत मानबहादुर विश्वकर्माको प्रज्ञापन पत्रमा सहि देखिए पछि कर्मचारी को प्रत्यक्ष संलगनता देखिएको हो  ।कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले एम ५६७८७ र एम ५६७९७ नम्बरको प्रज्ञापन पत्र नै नक्कली रहेको दावी गर्नुभएको छ ।

 भन्सार कार्यालयमा भएको घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालयले छानविन शुरु गरेको छ  । अख्तियारका डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाबारे जानकारी भएको र यसको प्रारम्भिक अनुसन्धान शुरु गरिएको प्रतिक्रिया दिनुभएको छ ।  आइतवार अख्तियारको टोलि भन्सार कार्यालयको अनुगमन गरेको थियो ।

किर्ते प्रज्ञापन पत्र जारि गरि ट्रक पास गराउने कर्मचारीलाई भन्सार विभागले २४ घन्टा भित्र विभागमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन लिखीत निर्देशन दिएको छ । विभागले भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुभास शर्मा र खरिदारद्धय अतुल शर्मा , विनय जोसीलाई कारबाहि शुरु गरेको भैरहवा भन्सार कार्यालयले जानाकारी दिएको छ ।

59917251b0df5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको