Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : कारोबार रकम र सेयर विक्रीमा कुन कम्पनी, कुन स्थानमा ?

शनिबार, २८ साउन २०७४, १८ : ३९ मा प्रकाशित

साताको  सेयर बजार :   कारोबार रकम र सेयर विक्रीमा कुन कम्पनी, कुन स्थानमा ?

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा यस साता रु तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५८० कित्ता सेयर कारोबार भएको हो ।

गत साता १६७ कम्पनीको रु  पाँच अर्ब २५ करोड २४ लाख १५ हजार  बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर अन्तिम दिन एक हजार ६५३.५३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.०८ अंकले घटेर ३४७.०३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका  नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । सो कोषको रु १९ करोड ५३ लाख १० हजारको कारोबार भएको छ ।

यस्तै सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । सो स्किमको ३१ लाख २७ हजार कित्ता सेयर कारोबार भएको थियो ।

                                      
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस     साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।

यस साता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन पावर पार्टनरको बोनस र साधारण सेयर स्टकमा सूचीकृत भएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको