Like us!
Follow us!
Connect us!
Watch us!

बालकको मृत्यु, अस्पतालले तिर्यो पाँच लाख

मंगलबार, २४ साउन २०७४, १८ : ४७ मा प्रकाशित

बालकको मृत्यु, अस्पतालले  तिर्यो पाँच लाख

अर्थ संसार, काठमाडौँ– काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ ।

सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए ।

सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुनः २३ गते बेलुका ५ बजे अस्पताल पु¥याइएकी बालिकाको साँझ ७ बजेतिर मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भएपछि परिवारले आज बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । बिरामीका ठूलो बुबा रवि बस्नेतले अस्पतालले गलत औषधि दिएकाले मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

अस्पताल र बिरामीका आफन्तबीच भएको सहमतिअनुसार रु पाँच लाख क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गर्ने सहमति भएको छ । अस्पतालका प्रशासन प्रबन्धक डा प्रकाश भट्टराईले औषधिले असर देखाउनासाथ अस्पताल नल्याउँदा बिरामीलाई बचाउन नसकिएको बताउनुभयो ।

डा भट्टाराईका अनुसार बिरामीले औषधि प्रयोग गर्दा कुनै असर देखिएमा ढिला नगरिकन सो औषधि नखाई तुरुन्त चिकित्सककोमा जानुपर्छ, अन्यथा औषधिको असर बढ्दै जाँदा बिरामीको ज्यानै जान सक्छ, उक्त समयमा चिकित्सकले मात्र केही गर्नसक्ने अवस्था रहन्न ।

सोमबार नै बिहान झापाबाट उपचारका लागि भर्ना भएका चारवर्षे बालक आरुष सुुवेदीलाई म्याद सकिएको औषधि दिएको पाइएपछि औषधि व्यवस्था विभागले उक्त अस्पतालको औषधालय सिलबन्दी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको