Like us!
Follow us!
Connect us!
Watch us!
श्रीमान विदेशबाट फर्कने चाल पाएपछि चितवनमा हराउने बढे

वैदेशिक रोजगारीले ल्याएको वेथिती

बुधबार, ११ साउन २०७४, १४ : ४७ मा प्रकाशित

वैदेशिक रोजगारीले ल्याएको वेथिती

अर्थ संसार, काठमाडौं – चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अबस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनि निवेदन परेका ३१ जना फेला नपरेकाहरुको खोजी जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवन जिल्लामा गएको एक बर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । ती मध्य ३१४ जना फेला परेपनि ३१ जनाको अबस्था थाहा हुन सकेको छैन ।

प्रहरीको महिला बालबालिका तथा सेवा केन्द्रमा परेको निवेदन अनुसार कतिपय घरबाटै हराएका छन् भने कतिपए भने कुनै स्थानमा जान्छु भनेर फर्कि नआएको भनि निवेदन परेको छ ।

केन्द्रकी प्रमुख तथा प्रहरी निरीक्षक अञ्जना श्रेष्ठ धेरैजसो महिलाहरु हराएको पाईएको बताउनुहुन्छ । विदेशमा श्रीमान भएकाहरु श्रीमान आउने थापा पाएपछि अर्कैसँग जाने, किशोर किशोरीहरु पनि विहेगर्ने भनेर घरबाट भागेर जाने जस्ता घटनाहरु बढी देखिएको श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार कतिपय महिलाहरुले श्रीमानले कमाएको पैसा समेत लिएर गएको पाईएको छ । उक्त केन्द्रले दिएको तथ्यंक अनुसार गएको एक बर्षमा घरेलु हिंसातर्फको ठाडो उजुरी अन्तरगत ३२० निवेदन परेकोमा २०० वटा घटनामा मिलापत्र गरिएको र अन्यको अनुसन्धान जारी रहेको छ ।

अन्य निवेदन अन्तरगत १९० वटा उजुरी परेकोमा १०० वटाको समाधान भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । गएको एक बर्षमा उजुरी तथा छानविन शाखामा भने कुल १ हजार २१४ वटा निवेदन परेकोमा ९१० वटा मुद्धा मिलापत्र भएको थापाले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको